Logo
Logo

प्रतिनिधि सभा विघटन अग्रगामी कदम : गृहमन्त्री थापा


- दृष्टि न्युज/संवाददाता


सोलुखुम्बु, ५ माघ । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभा विघटनलाई अग्रगामी कदम भएको बताएका छन् । नेकपाद्वारा आज (सोमबार) सोलुखुम्बुको सल्लेरीमा आयोजित अगुवा कार्यकर्ता भेलामा गृहमन्त्री थापाले संविधानमा भएको व्यवस्था अनुसार नै सरकारले प्रतिनिधि सभा विघटन गरेर अग्रगामी कदम चालिएको बताएका हुन् ।


नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका गृहमन्त्री थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै दल भित्रबाट अविश्वासको प्रस्ताव दर्ता गर्नेदेखि अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्नेलगायत चलखेल बढेपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा आधिकारिक पार्टी भएकाले चुनाव चिन्ह पनि आफूहरुले नै प्राप्त गर्ने थापाको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्