Logo
Logo

सडकमा आन्दोलनको आँधीबेहोरीको तयारी, आमहडताल पनि हुनसक्छ : प्रचण्ड


- दृष्टि न्युज/संवाददाता

315
Shares

काठमाडौं, ६ माघ । प्रतिनिधिसभा बिघटनविरुद्ध प्रचण्ड र माधव नेपाल पक्षले सडकमा चर्काे आन्दोलनको तयारी थालेको छ । तेस्रो जनआन्दोलनको झल्को दिने गरी नेताहरूले आन्दोलनको तयारी थालेका छन् । जसअन्र्तगत माघ ९ गते उपत्यकामा बिशाल प्रदर्शनको तयारी छ ।

‘हामी आन्दोलन बढाउँदै लान्छौं । ९ गते, १६ गते, २३ गते आन्दोलन गर्छौं । १६ गतेसम्म जाँदा आम जनतालाई उठाएर आम हड्तालतिर पनि जान सक्ने अवस्था आउन सक्छ,’ दाहालले भने, ’त्यो तयारी पनि हामी गरिराखौं । त्यहाँसम्म पुग्दा हामीले ब्याटल जितिसक्छौं । हामीले यो ब्याटल नजिती हुँदैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान जन्माउन ७० वर्ष लागेको छ । अहिले त्यसलाई एउटा खलनायकले जबर्जस्ती मार्ने प्रयत्न गरेको छ, त्यसलाई हामी सम्भव हुन दिदैनौं ।’

यस्तो आन्दोलनमार्फत सो समूहले दुई वटा सन्देष दिन चाहेको देखिन्छ–पहिलो आफ्नो शक्ति देखाउने । दोस्रो, राज्यका निकायहरुमा सत्ताको दुरुपयोग रोक्न सन्देष दिने । शनिबार प्रचण्डले आफ्नो टाउको चिलाएको भन्दै आन्दोलन आवेगमय हुने संकेत दिएका छन् । सोमबार झलनाथ खनालले उपत्यका नै अस्तव्यस्त हुने गरी आन्दोलन गरिने बताएका छन् ।

प्रचण्डले सोमबार अखिल नेपाल महिला संघको कार्यक्रममा बोल्दै आन्दोलन अन्र्तगत आमहडताल समेत हुनसक्ने चेतावनी दिएका छन् । ९ गतेदेखि सुरु हुने आन्दोलन १६ गते पुग्दा आमहडतालमा परिणत हुनसक्ने उनको भनाई छ । जसरी पनि लडाई जित्ने गरी आन्दोलन गरिने प्रचण्डले बताएका छन् । भेडा र सिंहको कथा सुनाउँदै प्रचण्डले आफुहरु सिंहको सन्तान भएपनि केही समय भेडाहरुसँग बस्दा भेडाजस्तो देखिएपनि अब सिंहकै रुप देखाइने बताए । ‘भर्खर जन्मेको सिंहको बच्चा आफ्नो आमाबाट छुट्टिएर भेडाको बथानमा पुगेछ । त्यो सिंहको बच्चा भेडाको बच्चासँग हिँड्न थाल्यो । उनीहरूसँग हिँड्दा हिँड्दै सिंह पनि भेडोभेडो हुन थाल्यो । त्यसले पनि घाँस खान थाल्यो । भेडा जसरी भ्या–भ्या गर्न थाल्यो । एकदिन साँच्चै उसको आमा आएर हेर्दा शरीर त सिंह भयो । बुद्धिचाहिँ भेडाको भयो । अर्को सिंहले सिंह भेडो भएको मन परेन…अनि त्यो सिंहले भेडो भएको सिंहलाई पानीमा अनुहार देखाइदियो । अनुहार हेरेपछि त्यसले आफू सिंह रहेको थाहा पाउँछ र बेसरी गर्जिन्छ ।’ओली नेपालको इतिहासमा खलनायक भएको भन्दै उनले चर्काे आलोचना समेत गरेका छन् ।

अदालत र निर्वाचन आयोगमाथि भरोसा रहेपनि आफूहरू जनताको अदालतमा जान चाहेको प्रचण्डले बताएका छन् । उनले भने, ’संविधानको भावना अनुसार निर्णय हुनेमा विश्वस्त छौं । सर्वोच्च अदालतमा कानुनका साथीहरू हुनुहुन्छ । हामी जनताको अदालतमा जान चाहन्छौं । सूर्य चिह्न हामीले नै पाउँछौं । त्यसमा शंका गर्नुपर्दैन ।’

‘हामी आन्दोलन बढाउँदै लान्छौं । ९ गते, १६ गते, २३ गते आन्दोलन गर्छौं । १६ गतेसम्म जाँदा आम जनतालाई उठाएर आम हड्तालतिर पनि जान सक्ने अवस्था आउन सक्छ,’ दाहालले भने, ’त्यो तयारी पनि हामी गरिराखौं । त्यहाँसम्म पुग्दा हामीले ब्याटल जितिसक्छौं । हामीले यो ब्याटल नजिती हुँदैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान जन्माउन ७० वर्ष लागेको छ । अहिले त्यसलाई एउटा खलनायकले जबर्जस्ती मार्ने प्रयत्न गरेको छ, त्यसलाई हामी सम्भव हुन दिदैनौं ।’

प्रधानमत्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउनका लागि प्रतिनिधिसभा बिघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि सर्वत्र आलोचना र विरोध भइरहेको छ । नागरिक समाजबाट समेत आन्दोलन भइरहेको छ । नेपाली कांग्रेसको आन्दोलन बृहत् हुन सकेको छैन । जसकारण नेकपाकै समूहले आन्दोलनलाई चर्काउने तयारी गरेको हो ।

उपत्यका केन्द्रीत आन्दोलनको तयारी नेताहरुले गरेका छन् । सो समूहले नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन समिति गठन गरेको छ । केन्द्रीय संघर्ष समितिका सहसयोजक योगेश भट्टराईका अनुसार ९ गतेको आन्दोलनको तयारीकै लागि ७ गते भृकुटीमण्डपबाट मोटरसाइकल ¥यालीको आयोजना गर्न लागिएको छ । आन्दोलनलाई सशक्त बनाउन बृहत जनसहभागिताको तयारी गरिएको छ । जसअन्र्तगत सांस्कृतिक कार्यक्रम, माइकिङ, पर्चा वितरण गर्न लागिएको छ ।

उता प्रहरीले उपत्यकाका उच्च सुरक्षा सतर्कता बढाएको छ । आन्दोलनको तयारीसँगै प्रहरीले निगरानी थालेको छ । नेताहरुको सुरक्षा बढाइएको र आन्दोलनमा घुसपैठ समेत हुन सक्ने भएकाले त्यसतर्फ रणनीति बनाइएको एक प्रहरी अधिकारीले बताए । आन्दोलन उग्र हुने सम्भावना भएकाले भिड निन्यत्रणका लागि त्यही अनुसारको तयारी गर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्