Logo
Logo

केपी ओलीले राजतन्त्र पुनःस्थापनाको यात्रा तय गरेः प्रचण्ड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पुनःस्थापना गर्ने प्रकृया सुरुवात गरेको आरोप लगाएका छन् । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन राजतन्त्र पुनःस्थापन प्रकृयाको सुरुवात रहेको अध्यक्ष प्रचण्डको भनाइ रहेको छ ।

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजामहाराजको दुर्गन्घ आएको बताउँदै भने– ‘यो राजतन्त्र पुनःस्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई कुपात्रको संज्ञा समेत दिएका छन् । प्राप्त उपलब्धिलाई समाप्त पार्ने काम कुपात्रले मात्रै गर्ने भन्दै अध्यक्ष प्रचण्डले ओलीलाई कुपात्र भनेका हुन । उनले भने–
‘केपी ओली कुपात्र भइसके । हामीले बनाएका होइनौं । उहाँ आफै कुपात्र बन्नु भएको हो । केपीले गर्ने जस्तो काम कुपात्रले मात्र गर्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्