Logo
Logo

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । बैंकले सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सो सम्बन्धमा आज (माघ ६ गते) नेपाल इन्फ्रास्ट्रक्चर बैंकको केन्द्रीय कार्यालयमा बैंक र क्यापिटलबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका हुन् ।

नेपालको एक मात्र पूर्वाधार बैंकको रुपमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त उक्त बैंकले हालै मात्र सर्वसाधारण (कर्मचारी र सामूहिक लगानी कोषसमेत) को लागि हालसम्मकै ठूलो रकम आठ अर्ब रूपैयाँको साधारण सेयर निष्काशन गरेको छ ।

माघ २ गतेदेखि खुल्ला भई माघ ६ गते बैंकिङ कारोबार समय पश्चातबन्द भएको यस सार्वजनिक निष्काशनमा सर्वसाधारण लगानीकर्ताहरुको उत्साहप्रद सहभागिता रहेको देखिएको छ भने आइपीओको इतिहासमा सबैभन्दा धेरै आवेदन परेको छ । बैंकको अधिकृत पूँजी ४० अर्ब र जारी पूँजी २० अर्ब रूपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्