Logo
Logo

बैंक अफ काठमाण्डूका ग्राहकलाई लाभिए रेस्टुरेन्टमा छुट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र लाभिए रेस्टुरेन्टबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डका माध्यमबाट भुक्तानी गर्दा ग्राहकलाई छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लाभिए रेस्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार ग्राहकले लाभिए रेस्टुरेन्टका सेवाहरू उपभोगबापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । बैंकले ८९ शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्