Logo
Logo

हिमालयन बैंकद्वारा इस्टर्नका ग्राहकलाई सवारी खरिदका लागि सहुलियतमा सवारी कर्जा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । हिमालयन बैंक लिमिटेडले इस्टर्न एजेन्सी प्रालिका ग्राहकलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । बैंक र सो कम्पनीबीच यससम्बन्धी सम्झौतापत्रमा २०७७ माघ ९ गते शुक्रबार हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्रविक्रम शाह र इस्टर्न एजेन्सीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरेका छन् । हाल बैंकको देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध रहेको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्