काठमाडाैं, १७ माघ । खेलकुदमन्त्री दावा तामाङले कोरोनाका कारण अस्तव्यस्त भएको खेलकुद क्षेत्रलाई पहिलेको अवस्थामा फर्काउन सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

मानभवन ब्यामिन्टन क्लवको आयोजनामा शनिबारबाट ललितपुरमा सुरु अन्तर सदस्य ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री तामाङ शैक्षिक, आर्थिक, सामाजिकका साथै खेल क्षेत्रमा पनि कोरोनाले असर पारेको भन्दै कोरोनाले पारेको असरलाई अन्त्य गर्दै यस क्षेत्रलाई पूर्ववत अवस्थामा फर्काउन सरकारले हरसम्भव प्रयास गरिरहेको बताए ।
उनाले खेलकुदको विकासका लागि खेल क्षेत्रका संस्थाहरुको भूमिका अपरिहार्य भएकाले सरकार हात्तेमालो गर्दै अघि बढने उल्लेख गरे । नेपालमा कोरोनाको खोप अभियान सुरु भइरहेकाले अव सवै क्षेत्रहरु सामान्य रुपमा अघि बढ्ने उनको भनाइ छ । प्रतियोगिता फाल्गुन १ गते सम्म सञ्चालन हुने क्लवले जनाएको छ ।











