Logo
Logo

११ किलो गाँजासहित अटो चालक पक्राउ


- दृष्टि संवाददाता

504
Shares

हेटौँडा, २० माघ । अटोमा गाँजा बोक्ने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको हेटौँडा–१९ नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट प्रहरीले ११ किलोग्राम लागूऔषध गाँजासहित चालकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका–२ का ४१ वर्षीय चन्द्रबहादुर दमाइ रहेका छन् । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उनलाई हेटौंडा उपमहानगरपालीका–१९ नेवारपानीस्थित सडकखण्डबाट मङ्गलबार पक्राउ गरेको हो ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना२ह ४१०१ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटो चालक दमाइले चालक बस्ने सिटमुनी लुकाएका थिए । प्रहरीका अनुसार उनकाे साथबाट ११ किलोग्राम गाँजा, रु ६७ हजार र भारतीय रुपैयाँ दुई हजार ५ सय पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्