Logo
Logo

भन्सार अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १ फागुन ।
रसुवा नाकाबाट सामान तस्करीमा सघाउने भन्सारका कर्मचारीसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भन्सार अधिृकत पबित्र कुमार खड्कासहित नासु धिरजकुमार थापाविरुद्ध मुद्दा दायर भएको छ । त्यस्तै मितेरी इन्टरनेशनलका सुमन श्रेष्ठ, रञ्जन त्रिपाठी, लाङटाङ ट्रेड कन्र्सनका धनबहादुर तामाङसहित आकाश श्रेष्ठ, निरञ्जन त्रिपाठी र डम्बरबहादुर श्रेष्ठविरुद्ध मुद्दा दायर भएको शहो ।
गत २४ मंसिरमा उनीहरुविरुद्ध जिल्ला अदालतमा राजस्व चुहावटको मुद्दा दायर भएको थियो ।
भन्सार प्रज्ञापनपत्रमा मालवस्तुको गलत घोषणा गरी वास्तविक तिर्नु पर्ने राजस्व नतिरी राजस्व चुहावट गरीरगराई मालवस्तु पैठारी गरीएकोले उक्त कार्यमा संलग्न मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्