हेडलाइन्स्
१. प्रतिनिधिसभा विघटनविरूद्धकाे मुद्धामा विपक्षीलाई ३० माघभित्र बहस सक्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराकाे आग्रह, सरकारी पक्षलाई यसअघि समय नतोकेपनि अब समय कम भएकाले निश्चित समय तोक्नुपरेको प्रधानन्यायाधीशको भनाइ ।
२. भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि, जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टमले भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकाल्यो, भट्टको टाउको र हातमा चोट लागेको, यौनांगमा घाउ र घाँटीमा पनि निलडाम भएको प्रहरीकाे भनाइ ।
३. प्रदेश १ मा ओली पक्षबाटै संसद अवरोध, मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएन, आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित ।
४. प्रतिनिधिसभा विघटनविरुद्ध अखिलद्वारा सिंहदरबार घेराउ, जनताको कर खाएर पार्टीकाे कार्यक्रममा देश दौडाहा गर्ने मन्त्री तथा नेताहरुलाई कारबाही गर्ने चेतावनी ।
५. पहिलो चरणको कोरोनाविरुद्धको खोप कार्यक्रम सकियो, एक लाख ८४ हजार ८ सय ५७ जनाले लगाए खोप, पत्रकारलाई कोभिड खोप निःशुल्क प्रदान गर्ने गृहकार्य भइरहेको सञ्चारमन्त्री पार्वत गुरुङको भनाइ ।
६. ड्राइभिङ लाइसेन्सको लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने, सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास भएको एक वर्षभित्र राजश्व तिर्नुपर्ने ।
७. सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद मिलाउने जिम्मेवारी नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई, संवैधानिक निकायमा नियुक्त भएका ३२ जनाविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्चमा दर्ता रिटमा सुनुवाइ, कारण देखाउ आदेश ।
८. बैतडी घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन राष्ट्रिय मानव अधिकार आयोग, विवेकशील साझा पार्टी, नेपाली कांग्रेस केन्द्रीय महिला विभाग, बालअधिकार र मानवअधिकारसँग सम्बन्धित संस्थाहरुको माग ।
९. म्यान्मारको सेनाले गरेरको ‘कू’ को विरोधमा दिनहुँ हजारौँको प्रदर्शन, इन्टरनेट पूर्णरुपमा बन्द, म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टको विनाशर्त रिहाई गर्न माग, फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६.३ म्याग्नीच्युडको भूकम्प ।
१०. र, राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल, वालिङ नगरपालिका स्याङ्जाले विभागीय नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हरायो, चन्द्रपुर नगरपालिका रौतहटसँग बिराटनगर महानगरपालिका मोरङ १–० ले पराजित ।












