Logo
Logo

महिला लिग : एपीएफसँग चौदण्डीगढी १४-० ले पराजित, सावित्रा एक्लैकाे ८ गाेल


- दृष्टि संवाददाता

63
Shares

काठमाडौं, २६ माघ । राष्ट्रिय महिला लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लबले सानदार जित निकालेको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले चौदण्डीगढी नगरपालिकाविरुद्ध १४-० गोलको जित निकालेको हो ।

सानदार जितका लागि एपीएफकी स्ट्राइकर सावित्रा भण्डारीले ८ गोल गरिन् । अनिता केसी र कप्तान अनिता बस्नेतले समान २ गोल गरिन् । अनु लामा र रविना गोलेले समान एक गोल गरिन् । एपिएफले एपिएफले पहिला र दोस्रो हाफमा समान ७-७ गोल गरेको थियो ।

खोल सुरू भएको चौथो मिनेटमा नै गोल गर्दै सावित्राले एपीएफलाई अग्रता दिलाएकी थिइन् । उनले १८औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन् ।

२४औं मिनेटमा अनिता केसीले सावित्रा भण्डारीको पासमा गोल गर्दै एपिएफलाई ३-० ले अघि बढाइन् । ३६औं मिनेटमा सावित्रा भण्डारीले ह्याट्रिक पूरा गर्दा एपिएफले खेलमा ४-० को अग्रता दिलाइन् ।

३९औं मिनेटमा अनिता केसीले व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफलाई ५–० ले अघि बढाइन् । ४३औं मिनेटमा सावित्राले व्यक्तिगत चौथो गोल गर्दा एपिएफले पहिलो ६-० को अग्रता लियाे । पहिलो हाफको इन्ज्युरी समयमा कप्तान अनिता बस्नेतले गोल गर्दै एपिएफलाई पहिलो हाफमा ७-० को अग्रता दिलाइन् ।

५३औं र ५६औं मिनेटमा सावित्राले गोल गर्दै दोहोरो ह्याट्रिक पुरा गर्दा एपिएफ ९-० ले अघि बढ्यो । ६४औं मिनेटमा कप्तान अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफले खेलमा १०-० ले अग्रता दिलाइन् । ७१औं मिनेटमा सावित्राले व्यक्तिगत सातौ गोल गर्दै एपिएफलाई ११-० ले अघि बढाइन् ।

७५औं मिनेटमा अनु लामाले गोल गर्दै एपिएफलाई १२-० ले अघि बढाइन् । ७९औं मिनेटमा सव्सिच्युट रविना गोलेले गोल गर्दै एपिएफलाई १३-० ले अघि बढाइन् । ८६औं मिनेटमा सावित्राले व्यक्तिगत नवौं गोल गर्दै एपिएफलाई १४-० काे फराकिलाे जित दिलाइन् ।

जितसँगै एपीएफले सात खेलबाट २१ अंक जोडेको छ। त्यस्तै, आठ खेलमा सहभागी बनेको चौदण्डी सबै खेलमा जितविहीन छ। दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबको १६ अंक छ।

प्रतिक्रिया दिनुहोस्