Logo
Logo

सीमा खुलाउन गौर नगरपालिकाका मेयरले पठाए हिन्दीमा पत्र


- दृष्टि संवाददाता


रौतहट, २६ माघ । रौतहटको गौर नगरपालिकाले बोर्डर खुलाउन भारतीय महावाणिज्यदूतलाई गुहारेको छ । रौतहटको सदरमुकाम रहेको गौर नगरपालिकाले हिन्दी भाषामा औपचारिक पत्र पठाई नाका खुलाउन आग्रह गरेको हो ।

सरकारले निर्णय गरेर नेपाल–भारत सीमानाका खोल्ने निर्णय गरिसकेको भए पनि भारतीय पक्षको अवरोध कायमै रहेको कारण आवागमन सहज हुन नसकेपछि गौर नगरपालिकाका प्रमुख अजय गुप्ताले बाणिज्य दुतलाई पत्रचार गरेका हुन् ।

‘सरकारको मन्त्रिपरिषदको माघ १५ को निर्णयपछि खुलेको नेपाल–भारत बोर्डर तीन दिन सञ्चालनमा रहे पनि भारतीय पक्षको अवरोध गरेपछि बन्द भएको हुँदा नेपाल भारत मैत्री सम्बन्ध खास गरी मधेश र विहारमा शताब्दीयौँ देखि रहेको बेटी रोटीको सम्बन्ध, सांस्कृतिक एवम् धार्मिक सम्बन्ध पनि अवरुद्ध भएकोले जनमानसमा अति कष्ठदायी जीवन बाँच्न बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।’ पत्रमा भनिएको छ ।

नेपाल–भारत सीमाबाट सहज आवागमन नहुँदा स्थानीयवासी निकै अप्ठ्यारोमा परेका छन् । दुवै देशका नागरिक चोर बाटो हुँदै कष्टकर रुपले भारत नेपाल ओहर दोहर गर्ने गरेका छन् ।

यस्ताे छ पत्र :

प्रतिक्रिया दिनुहोस्