Logo
Logo

स्रोत नखुलेको २२ लाख रूपैयाँसहित एक जना पक्राउ


- दृष्टि संवाददाता


रौतहट, २६ माघ । रौतहटबाट स्रोत नखुलेको झण्डै २२ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् ।

गौर नगरपालिका वडा नम्बर ४ बसपार्क नजिकैको सडकबाट परोह नगरपालिका–१ जिँगडवा वेलविछुवाका २७ वर्षीय मोहमद दिलसाद आलम सोमबार पक्राउ परेका हुन् ।

रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठका अनुसार स्कुटरमा सवार आलमको साथबाट २१ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।

रु. १ हजार दरका १ हजार ८ सय १०, रु. ५ सय दरका ४ सय ८०, रु. १ सय दरका ३ सय, रु. ५० दरका १ हजार ८ सय, रु. २० दरका ९ सय १ र रु. १० दरका २ सय वटा नोट बरामद भएको श्रेष्ठले बताए ।

मोहमद दिलसाद आलमको नाममा ३१ लाख १६ हजार उल्लेख भएको चेकसमेत बरामद भएको उनले बताए । पक्राउ परेका आलमलाई सम्पत्ति शुद्धीकरण विभागमा आवश्यक कारबाहीका लागि पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्