Logo
Logo

महाभियोगबाट बच्न घुस लिने आयुक्त पाठकद्वारा राजीनामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ४ फाल्गुन ।

नेपाल इन्जिनियर कलेजको विवाद मिलाइदिने भन्दै घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राजीनामा दिएका छन् ।

सत्तारुढ दल नेकपाले महाभियोग प्रस्ताव लैजाने तयारी गर्दागर्दै पाठकले राजीनामा दिएका हुन् । महाभियोगबाट बच्न उनले शुक्रबार बिहान राष्ट्रपति कार्यालय पुगेर राजीनामा दिएका हुन् ।

सुरुमा पाठकले अन्य व्यक्तिलाई प्रयोग गरेर राजीनामा पठाउने तयारी गरेका थिए । राष्ट्रपति कार्यलयका अधिकारीहरुले सम्बन्धित व्यक्तिले नै बुझउनु पर्ने बताएपछि उनी राजीनामा पत्र बोकेर राष्ट्रपति कार्यालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्