काठमाडौं, २९ माघ । प्रहरीले नेकपा प्रचण्मा-धव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेपछि सोही पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्माले देशलाई मुडभेडमा लगेर निहित स्वार्थ पूर्ति गर्ने षड्यन्त्र भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया जनाउँदै उनले भनेका छन्, ‘रामकुमारी झाँक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन मात्र होइन देशलाई मुठभेडमा लगेर आफ्नो निहित स्वार्थ पूर्ति गर्ने षड्यन्त्र हो ।’
राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको अभियोगमा उनलाई प्रहरीले बिहीबार बानेश्वरबाट पक्राउ गरेको हो ।











