Logo
Logo

बुटवलको जनसभा ऐतिहासिक हुन्छ : शंकर पोखरेल


दृष्टि संवाददाता


बुटवल, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सही छ भन्ने सन्देश दिन बुटवलमा जनसभाको आयोजना गर्न लागिएको बताएका छन् ।

सरकारलाई घेराबन्दीमा पारिएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताउँदै उनले समस्या भएपछि सरकारलाई पनि जनतामा जाने अधिकार रहेको स्पष्ट पारे ।

फागुन १ गते आयोजना गर्न लागिएको जनसभा ऐतिहासिक हुने दाबी गर्दै उनले जनमत प्रकट गर्ने कुरा आन्दोलन नभई राष्ट्र निर्माणको अभियान भएको तर्क गरे ।

जनसभा बारेमा जानकारी दिन नेकपा प्रचार विभागले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपाका प्रदेश इञ्चार्ज पोखरेलले जनताको समर्थन र जनताको अपेक्षा के छ भन्नेबारे जनसभाका माध्यमबाट जनतालार्ई सुनाउन चाहेको बताए ।

प्रधानमन्त्रीलाई कमजोर पार्ने षड्यन्त्र भएकाले जनतामा जानु परेको बताउँदै नेता पोखरेलले प्रतिनिधिसभा विघटन विवादका विषय नभई विवादको परिणाम भएको स्पष्ट पारे ।

विसं २०५२ फागुन १ गते माओवादीका तर्फबाट जनयुद्धको थालनी भएकाले त्यो दिन नेपालको राजनीतिमा विशिष्ट भएको उल्लेख गर्दै पोखरेलले सोही दिन बुटवलमा पूर्वजनमुक्ति सेनाको भेलासमेत आयोजना गरिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्