Logo
Logo

दृष्टिका दश हेडलाइन्स् : जनयुद्ध दिवसमा प्रचण्ड-बाबुराम एउटै मञ्चमादेखि बहुुमत ल्याउने ओलीको दाबीसम्म


दृष्टि संवाददाता

693
Shares

हेडलाइन्स्

१. जनयुद्धका शहिद, योद्धा र घाइते अपाङ्गको सम्मानमा २६औ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाइयो, जनयुद्धको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था रक्षाका लागि अझै संघर्ष गर्नुपर्नेमा जोड, प्रतिगमनविरुद्ध संघर्षमा नजुटे सबै उपलब्धि गुम्ने खतरा रहेको नेकपा अध्यक्ष प्रचण्डको भनाइ ।

२. संविधान अनुसार विशेषाधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको जिकिर, आगामी निर्वाचनमा आफ्नो पक्षमा समानुपातिकतर्फ ५० लाख र प्रत्यक्षतर्फ महुमत मत आउने दावी, निर्वाचनमार्फत अनमत आफ्नो पक्षमा रहेको सावित गर्न प्रचण्ड–माधव समूहलाई चुनौती ।

३. लामो समयपछि जनयुद्धका दुई कमाण्डर प्रचण्ड र डा. बाबुराम भट्टराई एउटै मञ्चमा, इतिहासले बाबुराम र आफुलाई अलग हुने छुट नदिएको नेकपा अध्यक्ष प्रचण्डको भनाइ, प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले प्राप्त उपलब्धी सबै गुम्ने भएकाले त्यसका विरुद्ध संघर्षमा जुट्नुको विकल्प नरहेको साझा धारणा ।

४. प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन समाप्त पार्दै देशलाई संकटमा धकेल्न उद्धत रहेको नेकपा अध्यक्ष माधवकुमार नेपाललको भनाइ, देशलाई संकटमा पार्ने कदमविरुद्ध संघर्षमा जुट्न आह्वान, पार्टीलाई तमोर नदीमा बनाएर आफु चाहिँ उपरखुट्टटी लगाई बाँसुरी बजारे बसेको भन्दै ओलीको कटाक्ष ।

५. प्रतिनिधिसभा विघटन संसदीय व्यवस्थाको असफलता भएको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणको भनाइ, नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाईदा लिन विदेशी प्रतिक्रियावादी शक्तिहरु लागेको धारणा, दुईतिहाई बहुमतको धाक देखाएको सरकार पूर्णरुपमा अफल भएको दावी ।

६. प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध नागरिक समाजद्धारा निरन्तर प्रर्दशन, प्रतिनिधिसभा विघटन गर्ने कदम सच्चाउन नागरिक अगुवाको माग, प्रर्दशनमा डा. केदारनरसिंह केसी, डा. गोविन्द केसी, नारायण वाग्ले लगात नागरिक अगुवा सहभागी ।

७. भारगरती भट्टको बलात्कारपछि हत्यामा संलग्न अझै पक्राउ परेन, बालात्कारपछि हत्यामा संलग्न पक्राउन नपर्नुले सरकारको लाचारीपन उदाङ्गो, बलात्कारी र हत्याराहरुलाई पक्राउ गरी कारवाही गरेर पीडितलाई न्याय दिन माग गर्दै काठमाडौंमा प्रदर्शन ।

८. सरकारले ६ महिनाको अवधिमा पौने दुई खर्ब वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गर्यो, कुल १७ आयोजनाका लागि दाताबाट १ खर्ब ८७ अर्ब ४३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको प्रतिवद्धता प्राप्त भएको अर्थमन्त्रालयको भनाइ, जसमध्ये १८ अर्ब अनुदान सहायता र १ खर्ब ६९ अर्ब ३१ करोड रुपैयाँ वैदेशिक ऋण ।

९. साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा अपराजित यात्रा कायमै, वालिङ नगरपालिकालाई ६–० गोल अन्तरले पराजित, प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिप महिलातर्फको उपाधि पुलिसलाई ।

१०. जर्मनीले अफगानिस्तानमा संयुक्त राज्य अमेरिकापछि धेरै सैनिक पठायो, अफगानिस्तानमा नेटो सैन्य उपस्थितिलाई जारी राख्नुपर्ने जर्मन विदेशमन्त्री हेइको मासको भनाइ, मिलेको वार्षिक जनादेश समाप्त हुनुभन्दा पहिले अफगान सरकार र तालिबानबीच शान्तिवार्ता हुने सम्भावना न्यून ।

प्रतिक्रिया दिनुहोस्