Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : ओली नेतृत्वको सरकारको तीन वर्ष पूरादेखि शेयर बजारमा उछालसम्म


दृष्टि संवाददाता

756
Shares

हेडलाइन्स्

१. केपी शर्मा ओली नेतृत्वको सरकार बनेको पनि तीन वर्ष पूरा, प्रगति विवरणका ७४ फेहरिस्त सार्वजनिक, राजनीतिक दाउपेचदेखि रेल र पानी जहाजको कथासम्म, पार्टीभित्रैबाट असहयोग हुँदा पनि सरकारले धेरै काम गरेको ओलीको तर्क ।

२. प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी सुनुवाइमा रिट निवेदकका तर्फबाट गरिएको जवाफी बहस सोमबारबाट सकियो, पुस ७ गते दायर भएका १३ वटा रिटको पक्ष, विपक्ष र निवेदक पक्षको जवाफी बहस सकिएपछि मंगलवारदेखि एमिकस क्यूरीको राय लिइने ।

३. सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशले अवहेलना मुद्दाका सन्दर्भमा पेश गरे लिखित जवाफ, अदालतको अवहेलना नगरी संविधानले दिएको विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकको प्रयोग गरेको तर्क, नागरिकको हितलाई प्रभावित गरेको विषयमा बोल्न पाइने भनाइ ।

४. सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा अहिले धारणा नबनाउने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दावी, निर्वाचनको मिति तय भएर पनि निर्वाचनको कार्यक्रम अघि नबढाउनुले निर्वाचन आयोगमाथि शंका उत्पन्न भएको देउवाको आरोप, संसद् विघटन नेपालको संविधान, लोकतन्त्र र स्थायित्वमाथिको प्रहार भएको वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ ।

५. कुनै पनि हालतमा चुनाव नहुने नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दावी, फागुन पहिलो साता हुने भनिएको संयुक्त आन्दोलन नहुने, अदालतमा बहस लम्बिँदा नागरिकलाई ‘प्रतिगमन’ बारे बुझाउँदै प्रचण्ड नेपाल समूह ।

६. प्रतिनिधिसभा विघटनको असरले प्रदेश सभामा मडारिएको कालो बादल अझै हटेन, वाग्मती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि सांसद्हरुलाई आफ्नो पक्षमा पार्न नेताहरु दौडधुपमा, निर्णायक रहेको कांग्रेस भने अझै अनिर्णित ।

७. कोरोना भाइरस विरुद्धको दोस्रो डोजको खोप ८ देखि १२ हप्तापछि लगाउन खोप विज्ञको टोलीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव, फागुन २४ गतेबाट समुदायस्तरमा खोप अभियान सञ्चालन गर्ने मन्त्रालयको सोच ।

८. मौद्रिक नीति समीक्षाले खासै परिवर्तन नगरेपछि शेयर बजारमा उछाल, नेप्सेले बनायो नयाँ अलटाइम हाइ, ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँड हुने, महिला लघुवित्तको आईपीओमा करिब ५० गुणा बढी आवेदन ।

९. अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत, राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफ क्लबले कठिन जित, एपीएफद्वारा पुलिस क्लव दुईका विरुद्ध एक गोलको संघर्षपूर्ण जीत, एपीएफ क्लव उपाधि उचाल्नबाट मात्र एक अंक टाढा, छिनोफाने बुधबार हुने ।

१०.र, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता ट्वीटरले सधैका लागि प्रतिबन्ध, गिनियामा इबोला देखियो, तीन जनाको मृत्यु, ७ जना घाइते, सरकारले ग¥यो महामारीको घोषणा, म्यानमारमा जारी सैन्य दमनको पश्चिमा राष्ट्रहरुद्धारा विरोध, दमन नगर्न चेतावनी ।

प्रतिक्रिया दिनुहोस्