Logo
Logo

नेकपा ओली समूहको चितवन जिल्ला अध्यक्षमा रावल


दृष्टि संवाददाता


चितवन, ५ फागुन । नेकपा ओली समूहको चितवन जिल्ला अध्यक्षमा पार्वती रावल चयन भएकी छन् ।

ओली पक्षको जिल्ला कमिटी बैठकले रावललाई अध्यक्षको जिम्मेवारी दिएको हो । बैठकले नेता प्रकाश खनाल शैलेशलाई सचिवको जिम्मेवारी दिएको छ ।

रावल तत्कालीन एमालेको जिल्ला सचिव एवम् राष्ट्रिय सभा सांसद हुन् । सचिव बनेका खनाल रामबहादुर थापा बादल समूहका हुन् ।

बैठकले १० औं जिल्ला अधिवेशन गराउन ५ सय १ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । कमिटीका सबै सदस्यहरूको सपथ ग्रहण फागुन १० गते राखिएको नवनियुक्त अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।

बैठकले नीति सिद्धान्त आदर्श र पार्टी एकता विरोधि गतिविधिमा संलग्न भएको आरोप लगाउँदै नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारलाई जिम्मेवारीबाट हटाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्