
काठमाडौं, ६ फागुन । भारत सरकारले नेपालका २८ वटा सांस्कृतिक सम्पदा परियोजनाका लागि ५० मिलियन डलर (नेरु १४२ करोड) आर्थिक सहयोग गर्ने भएको छ ।
भारतले सांस्कृतिक सम्पदा परियोजनाहरु (सेतो मच्छिन्द्रनाथ मन्दिर, कुमारी छेन र बुढानिलकण्ठ मन्दिरमा धर्मशाला) लगायत सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि उक्त रकम सहयोग गर्ने भएको हो । भारतीय दूतावासले भूकम्पले क्षति पु¥याएका यी सम्पदाहरुको पुनःनिमार्णका लागि उक्त रकम सहयोग गरेको जनाएको छ ।
भारतीय राजदूतावासको विकास साझेदारी एवं पुनर्निर्माण विभागका प्रमुख, तथा परियोजना परामर्शदाताको उपस्थितिमा सो सहयोग हस्ताक्षर गरिएको थियो । भूकम्पपछिको संरक्षण तथा पुनस्र्थापनाका लागि भारत सरकारले नेपाल सरकारसँग गरेको सम्झौता अनुरुप निर्माण भइरहेका सांस्कृतिक सम्पदाभित्रकै यी तीन परियोजनाहरु हुन् ।
नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निमार्णका लागि भारत सरकारले प्रतिबद्घता गरेको ५० मिलियन अमेरिकी डलर अनुदान रकम प्रयोग गरी यी परियोजनाहरु कार्यान्वयन अवस्थामा छन् । यसअघि सन् २०१९ नोभेम्बरमा भारतले यस बुढानीलकण्ठ मन्दिरका लागि करिब नेरु. २.१८ करोडमा मठाधीशको निर्माण गरेको थियो ।














