Logo
Logo

प्रधानमन्त्री ओली बाहेकले सूर्य चिन्ह दावी गर्न मिल्दैन : मन्त्री रायमाझी


दृष्टि संवाददाता


पाँचथर, ७ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल बाहेकले सूर्य चिन्ह दाबी गर्न नमिल्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पाँचथरको फिदिममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले अर्को पक्षका प्रथम अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) हालसम्म सूर्य चिन्हबाट चुनाव नलडेकाले उक्त चिन्ह दाहालको नेतृत्वले पाउन नसक्ने बताए ।

‘प्रचण्डले अहिलेसम्म सूर्य चिन्हमा चुनाव लड्नुभएको छैन, जुन चिन्ह आफूले प्रयोग गरेको छैन, त्यही कसरी दाबी गर्न मिल्छ’, रायमाझीले भने ‘बरु उहाँले हसिया हथौडा चुनाव चिन्ह माग्न सुहाउँछ, सूर्य चिन्हबाट चुनाव लड्ने हो भने प्रम केपी ओलीले टिकट दिनुपर्छ ।’

सहमतिबाट ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन नसक्ने भएपछि चोरबाटोबाट एकता भाड्न खोजेको मन्त्री रायमाझीको भनाइ छ ।

निर्वाचनबाट शंका नपाल्न आग्रह गर्दै उनले चुनावमा आउन नेपाली काँग्रेसलगायतका पार्टीलाई आह्वानसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्