Logo
Logo
नेकपा ओली समूहको जनसभा

विराटनगरमा कडा सुरक्षा व्यवस्था, पैदलयात्रीलाई समेत चेकजाँच


दृष्टि संवाददाता


विराटनगर, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा आलीले आज यहाँ सम्बोधन गर्दैछन् । पछिलल्लो समय दुई नेकपाको समूहबीच शक्ति प्रदर्शनको होड चलिरहेका बेला ओली समूहले विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो ।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सत्ता पक्षले १ नम्बर प्रदेशमा पहिलोपटक अहिलेसम्मकै ठूलो प्रदर्शन र आमसभा गर्न लागेको हो ।
सरकारको नेतृत्व गरिरहेको ओली समूहले प्रदर्शन र जनसभामार्फत वैशाख १७ र २७ गते हुने भनेर घोषणा गरिएको आमनिर्वाचनको सन्देश दिने बताइएको छ ।
शक्ति प्रदर्शनपछिको आमसभा स्थल विराटनगर महानगरपालिका–२ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा तयार पारिएको छ । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आउने भएपछि उचित सुरक्षा प्रबन्ध मिलाइएको छ ।
सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानलाई सक्रिय गराइएको छ । सबै निकायको समन्वयमा विराटनगरमा शुक्रबारबाटै सुरक्षाको प्रबन्ध मिलाइएको छ ।
शनिबार बिहानैदेखि विराटनगरमा ठूलो संख्यामा पोसाक र हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएका छन् । ठाउँठाउँमा नेपाल र सशस्त्र प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ । सवारी साधन तथा पैदल हिँडडुल गर्ने र शंकास्पदमाथि निगरानी एवं चेकजाँच बढाइएको छ । सादा पोसाकका सुरक्षाकर्मी पनि उत्तिकै सङ्ख्यामा परिचालन गरिएको छ । स्रोतका अनुसार सुरक्षा व्यवस्था मजवुत बनाउन नेपाली सेनाको टोली सादा पोसाकमा खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्