Logo
Logo

लागूऔषधसहित भारतीय पक्राउ


दृष्टि संवाददाता


भक्तपुर, ९ फागुन । भक्तपुर प्रहरीले लागु औषध विक्रीका लागि  लैजाँदै गरेकाे एक भारतीय नागिरकलाई पक्राउ गरेको छ ।

प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट तबार एक भारतीयलाई पक्राउ गरेको हो।

भारत बेतिया सिक्टा गाउँ–१० बस्ने ४७ वर्षीय आनन्दराम चमारलाई लागूऔषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीले चमारका साथबाट अवैध डाइजोपाम ३००, नोर्फिन ३०० र फेनेरागन ३०० थान बरामद गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्