Logo
Logo

सचिवको कारण राष्ट्रपति बदनाम


दृष्टि संवाददाता


काठमाडौं, ११ फागुन । गम्भीर अपराधका मुद्दाका कैदीलाई छाडिएकोमा यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना भइरहेको छ । आलोचना हुनुपर्नै त गृह मन्त्रालयको हो । जसले कैदी छुटाउन सरकारसमक्ष नाम सिफारिस गर्छ । गृह मन्त्रालयले गरेको सिफारिसअनुसार राष्ट्रपतिबाट निर्णय हुन्छ । कैदीलाई छुटाउन गृह मन्त्रालयमा ठूलो आर्थिक चलखेल भएको स्रोत बताउँछ । यसको डिजाइनर गृहसचिव महेश्वर न्यौपाने हुन् ।

कतिसम्म भने हालै प्रजातन्त्र दिवसको अवसरमा कैदी छाड्दा समेत चलखेल भएको छ । पैसा बुझाउनेलाई छाडिएको छ भने, अन्यको हकमा कानूनले दिएको सुविधा समेत दिइएको छैन । केही दलालमार्फत यसरी कैदीसँग पैसा उठाइएको थियो । जुन कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलदेखि गृहसचिवसम्म सेटिङ गरिएको थियो । विभागले कानूनअनुसार पाउने सुविधा अनुसारको कैदीहरुको सूची बनाएर मन्त्रालय पठाएको थियो ।

गृहमा उनी सरूवा भएको पनि एक वर्ष भईसकेको छ । यो एक वर्षको अवधि इतिहासमै मन्त्रालयमा सबैभन्दा धेरै बेथिति बढेको छ । । मन्त्रालयका हरेक जसो निणयमा आथिक चलखेल हुने गरेको स्रोत बताउछ ।

कतिसम्म भने हालै प्रजातन्त्र दिवसको अवसरमा कैदी छाड्दा समेत चलखेल भएको छ । पैसा बुझाउनेलाई छाडिएको छ भने, अन्यको हकमा कानूनले दिएको सुविधा समेत दिइएको छैन । केही दलालमार्फत यसरी कैदीसँग पैसा उठाइएको थियो । जुन कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलदेखि गृहसचिवसम्म सेटिङ गरिएको थियो । विभागले कानूनअनुसार पाउने सुविधा अनुसारको कैदीहरुको सूची बनाएर मन्त्रालय पठाएको थियो । तर, पैसा नबुझाउनेहरूको नाम सूचिबाट हटाईएको थियो । बरू चलखेलकै आधारमा फरार रहेकालाई समेत आममाफी दिइएको छ । जसको कारण राष्ट्रपतिलाई विवादमा तानिएको छ ।

यसपटक गृहबाट कैदी छाड्न कतिसम्म चलखेल भयो भने गोप्य रूपमा कायविधि समेत संशोधन भयो । जसमा करोडौं जरिवाना तिर्न नसकेका तथा जेलबाट भागेकालाई समेत छाड्न लागिएको थियो । गृहबाटै विरोध भएपछि यससम्बन्धी चलखेल रोकिएको थियो । तर, बहुविवाह मुद्दाका कैदीलाई भने कानून संशोधन गरेर छाडिएको छ । उनीहरुबाट पनि मोटो रकम उठाइएको छ ।

त्यस्तै हाल सिडिओ सरूवाको तयारी गरी पैसा उठाउने काम भइरहेको छ । राजनीतीक प्रतिशोधका आधारमा अवधि नै नपुगेका सिडिओलाई समेत हटाउन लागिएको छ । सचिव न्यौपानेकै कारण मन्त्रालयका हरेक क्षेत्रमा भ्रष्टाचार बढेको कर्मचारीहरु बताउँछन् । सचिव न्यौपाने विवादास्पद नेता महेश बस्नेतमार्फत सेटिङ मिलाउने गरेको गृह स्रोतले दृष्टिलाई बताएको छ ।

प्रतिक्रिया दिनुहोस्