Logo
Logo

धरान र ढल्केवर कृषि उपज बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोर्ड सेवा


दृष्टि संवाददाता


काठमाडौं । डिजिटल बैंकिङ कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले ढल्केवर र धरान कृषि उपज बजारमा क्युआर कोर्ड सेवा सञ्चालनमा ल्याएको छ । धरान कृषि उपज बजार तथा ढल्केबर कृषि उपज बजारस्थित दुई छुट्ट क्यूआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैंकका उपनिर्देशक सत्यन्द्र तिमिल्सिना र मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले क्यूआर कोर्ड सेवाको सुरुवात गरेका हुन् ।

उक्त क्युआर कोर्ड सेवा सुरु भएसँगै ढल्केवर र धरान कृषि उपज बजारमा तरकारी तथा फलफूल किन्नका लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

दुवै कार्यक्रममा नेपालमा थोरै समयको अन्तरालमा थुप्रै प्रविधिको विकास भएको र प्रविधिको अधिकतम उपयोग गर्न सके समय र पैसा दुवैको बचत हुने बताए । कार्यक्रममा माछापुच्छ्रे बैंक सञ्चालक समितिका पदाधिकारी, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, कृषि बजार व्यवस्थापन समितिका प्रतिनिधि तथा स्थानीय व्यापारीलगायतको उल्लेख्य सहभागिता थियो ।

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको बैंकले हालै मात्र नेपाली कमर्सियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाजस्तै मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एंव मुद्दति खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्