Logo
Logo

बाघको छाला सहित दुई जना पक्राउ


दृष्टि संवाददाता



दाङ । प्रतिबन्धित बाघको छाला सहित दाङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सल्यान बाँगचौर नगरपालिका–९ का २९ वर्षीय सन्दिप डाँगी र शारदा नगरपालिका–१५ का ३७ वर्षीय ईन्द्र बहादुर थापा बिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मंगलवार विहान करिब २ बजेतिर प्रतिबन्धित बाघको छाला ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिप्रकाबाट गएको प्रहरी टोलीले उनीहरूलाई तुलसीपुर उपमहानगरपालिका–४ गोठिखोलाबाट पक्राउ गरेको हो ।

रा १ प ८८४७ नम्बरको मोटरसाइकलमा सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेका उनीहरूलाई प्रहरीले सोधपुछ गरी खानतलासी गर्दा झोलामा लुकाइ राखेको चार फिट ५ इञ्च लम्बाइ १ फिट चौडाइ भएको छाला बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्