Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : देउवालाई प्रधानमन्त्री बन्न प्रस्तावदेखि राजीनामा नदिने प्रधानमन्त्री ओलीको अडानसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. कांग्रेससँगको सहकार्यमा सरकार बनाउने नेकपा प्रचण्ड–माधव समूहको तयारी, देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव, अविश्वासको प्रस्तावबारे नयाँ ढंगबाट सोच्न सकिने नेकपा प्रचण्ड–माधव समूहकोे स्थायी कमिटी बैठकको निर्णय, सांसदहरुलाई काठमाडौँ उपत्यका नछाड्न निर्देशन, ओली पक्षमा रहेका नेताहरूलाई ‘मूल पार्टी’ मा फर्कन आग्रह ।

२. मुलुकलाई अनिर्णयको बन्दी बनाएर प्रधानमन्त्रीले राजीनामा नदिने नेकपा ओली समूहको स्थायी कमिटीको निष्कर्ष, संसदीय दलको बैठक र पार्टी केन्द्रीय समितिको बैठक पनि बोलाउने बैठकको निर्णय, अविश्वासको प्रस्ताव सामना गर्ने तयारी, सर्वोच्च अदालतको फैसला सामान्य भएको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिक्रिया ।

३. प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा बहुमत पु¥याउन नसके पद छाड्दा राम्रो हुने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुझाव, चुनावमा भोट नदिएर हराएको भएपनि अहिले मुलुकलाई कांग्रेसकै आवश्यकता रहेको देउवाको दावी, प्रजातन्त्र र लोकतन्त्रलाई सुदृढीकरण गर्न र बचाउन कांग्रेस नै आवश्यक रहने देउवाको तर्क, बिहीबारका लागि देउवाले बोलाए पदाधिकारीको बैठक ।

४. प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय सर्वोच्च अदालतले अवैधानिक ठहर गर्दै उल्टाएपछि नैतिकताको आधारमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने नेकपाका उपाध्यक्ष बामदेव गौतमको तर्क, पार्टी एकीकरणको पहल नेकपा प्रचण्ड–माधव समूहले गर्नुपर्ने गौतमको सुझाव, एकताका निम्ति औपचारिक र अनौपचारिक रूपमा प्रयत्न गरिरहने गौतमको प्रतिबद्धता ।

५. प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सरकारले उल्टाएसँगै चुनावका लागि अर्थ मन्त्रालयले बोकेको आर्थिक भार हट्यो, निर्वाचन आयोगले माग गरेको ७ अर्ब रकम उपलब्ध गराउनु नपर्ने, चुनाव घोषणा गरेपछि आयोगले खर्च गरिसकेको मात्रै पैसा पाउने, ८ करोड खर्च भएको मन्त्रालयमा व्यय विवरण ।

६. पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउने विषयमा सर्वोच्च अदालतले लगायो रोक, वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नितिका ढुंगानाको रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीद्वारा कारण देखाउ आदेश, आदेशपूर्व नै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा ज्योतिर्लिंगमा सुनको जलहरी राखेको पशुपति क्षेत्र विकास कोषको दाबी ।

७. सरकारले सच्यायो कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या, कोरोना संक्रमित मृतकको शव व्यवस्थापन गर्दै आएको नेपाली सेना र मन्त्रालयको विवरण फरक परेपछि मन्त्रालय छानबिन समिति गठन गरी गरी अध्ययन गर्दा थप ६ सय १८ जना संक्रमितको मृत्यु भएको पाइएपछि विवरण सच्यायो, नयाँ संख्यासहित कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ६ सय ८४ पुग्यो ।

८. बुधबार शेयर बजारमा १ सय २१ अंकको उतारचढाव, सूचक १२ अंकले बढ्दा १ सय २८ कम्पनीका लगानीकर्ताले कमाए, नेप्सेमा आएको प्राविधिक समस्याले निफ्राको शेयरमा समस्या, निफ्राको शेयरलाई हतियार बनाएर लगानीकर्ताहरूको मनोविज्ञानसँग खेलवाड गरेको लगानीकर्ताको आरोप, महिला लघुवित्त संस्थाको सेयर शुक्रबार बाँडफाँड हुने, मागभन्दा ६३ गुणा बढीको आवेदन ।

९. बुधबारबाट शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल सुरु, बाँसबारी र श्रीकुमारी विजयी, बाँसबारीद्वारा टुसाल युथ क्लब तीनका विरुद्ध एक गोल अन्तरले पराजित, श्रीकुमारीद्वारा भगवती क्लब चारका विरुद्ध एक गोल अन्तरले पराजित, पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता फागुन २२ गतेबाट सुरु हुने,पाँचौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग चैत १९ बाट आयोजना हुने ।

१०.र, ‘कोभ्याक्स’ सुविधामार्फत कोरोना खोप पाउने ‘घाना’ बन्यो विश्वकै पहिलो देश, कोरोना भाइरसको संक्रमण बढेपछि नेदरल्याण्डमा मार्च १५ सम्म कर्फ्यू, भारतमा २४ घण्टामा १३ हजार ४ सय ६३ जनामा संक्रमण, सय जनाको मृत्यु, बङ्गलादेशले अप्रिल ७ देखि कोभिड–१९ विरूद्धको खोपको दोस्रो मात्रा दिने, ब्राजिलमा फाइजरको खोप सर्वसाधारणका लागि खुला ।

प्रतिक्रिया दिनुहोस्