Logo
Logo
टिप्पणी

कम्युनिष्ट आर्दश, ओली र पशुपतिमा करोडौंको जलहरी


दृष्टि संवाददाता


‘हाम्रा देवता भनेका नबोल्ने ढुंगाका देवता होइनन्, जिवित र बोल्ने जनता हुन् । निमुखा, भोका, गरिब, असहाय र न्याय नपाएका जनताको सेवा र पुजा कम्युनिष्टको मूल कर्तव्य हो । गरिब जनताबाट लिइएको करबाट मन्दिरमा गजुर थप्ने र यज्ञ लगाउने राजामहाराजाहरु हाम्रा प्रमुख शत्रु हुन् । भौतिकवादी पनि भएका नाताले हाम्रो लडाइँ तिनै धर्मभीरु र शोषकहरु विरुद्ध हो ।’

यो भनाइ जननेता मदन भण्डारीका हुन् । नेपाली राजनीतिमा आशाका किरण बनेर उदाएका मदन भण्डारीले छोटो समयमै आफ्नो राजनीतिक उचाइ कायम गरेका थिए । ‘सादा जीवन उच्च विचार’का धनी मदन भण्डारी इतिहास रच्ने नेता हुन्, जसले कम्युनिष्ट आन्दोलनलाई जनताको ‘बहुदलीय जनवाद’मार्फत नयाँ जीवन दिए ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको भाषण सुन्न खुलामञ्चमा हजारौँको भीड लाग्थ्यो । उनका हरेक भाषण चेतना र ज्ञानका खुराकले भरिएका हुन्थे ।

मानिसको चेतना परिवर्तन नभएसम्म मुलुकलाई समृद्ध बनाउन सकिँदैन भनेर उनले जनताले बुझ्ने भाषाका भाषण गर्थे । तर, आज मदन भण्डारी हामीसामू छैनन् ।

तैपनि हामी उनले त्यतिबेला भनेका शब्दहरुलाई केलाइरहेका छौँ किनभने, त्यतिबेला मदन भण्डारीले जे गर्नु हुँदैन भनेर भाषण गर्थे, आज उनका उत्तराधिकारी केपी शर्मा ओलीले त्यही गरिरहेका छन् ।

मदन भण्डारी भन्थे, ‘हाम्रा सात्क्षात देवता भनेका नबोल्ने ढुंगाका देवता होइनन्, जिवित नेपाली जनता हुन् ।’ तर, ओली जनतालाई केही ठान्दैनन् । उनी पशुपतिनाथलाई सात्क्षात देवता मान्छन् ।

केही समयअगाडि पशुपतिनाथको मन्दिर पुगेका ओलीले नरेन्द्र मोदीको शैलीमा पशुपतिको आराधना गरे र, पशुपतिनाथमा सुनको जलहरी राख्ने घोषणा गरे ।

प्रतिनिधिसभा विघटनको असफल प्रयास गरेर अलोकप्रिय बनेका ओली जलहरी प्रकरणले कम्युनिष्ट चरित्र र चिन्तनहिन भएको पुष्टि गर्छ । उनको यो निर्णयले मदन भण्डारीले त्यतिबेला भनेको शब्दको पनि अपमान गरेको छ ।

पशुपतिनाथमा सुनको जलहरी बनाउने विषय व्यापाक विवादमा परेको छ । सर्वोच्चले जलहरी नराख्न अन्तरकालिन आदेश गरेको छ । १०८ किलोको सुनको जलहरी राख्दा झनै जोर्तिलिंगमा दवाव पर्न सक्ने पशुपतिका केदार भण्डारीले बताउँदै आएका छन् । तर, यसैबीच सुनको जलहरी बनाउनका लागि क्षमा पुजासमेत गरियो । क्षमा पुजा गर्न भारतबाट ४० जना पण्डित झिकाइयो ।

संस्कृतविज्ञ प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पनि जबरजस्ती पुशपतिमा जलहरी राख्न नहुने बताए । ‘कोषले जबरजस्ती जलहरी राख्यो’ उनले भने, ‘म यसलाई पशुपतिमा आएको ठूलो प्रलयको रुपमा लिन्छु ।’ उनले भने, ‘पशुपतिमा जलहरी राख्न सरकारले सरोकारवालासँग सल्लाहसमेत गरेन ।’

प्रधानमन्त्री ओलीले गत १२ माघमा पशुपति दर्शन गर्न गएका बेला जलहरी राख्नका लागि ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए । यतिमात्र नभएर चिवतनको रामनगरमा राममन्दिर निर्माणका लागि समेत ओली सक्रियरुपमा लागेका छन् । तर, जनता कोभिड–१९ का कारण गरिबी र बेरोजगारबाट ग्रसित छन् । तर, ओलीलाई जनताको वास्ता छैन ।

यस्तो अवस्थामा करोडौँ खर्च गरेर पशुपतिमा सुनको जलहरी बनाउने ओलीको दरिद्र चिन्तन हो । प्रतिनिधिसभा विघटनको असफल प्रयास गरेर अलोकप्रिय बनेका ओली जलहरी प्रकरणले कम्युनिष्ट चरित्र र चिन्तनहिन भएको पुष्टि गर्छ ।

उनको यो निर्णयले मदन भण्डारीले त्यतिबेला भनेको शब्दको पनि अपमान गरेको छ । संसद् विघटनको असफल प्रयास गरेर पतन भएका ओली अब धर्मको आडमा जनतालाई उल्लु बनाउन खोज्दैछन् ।

प्रतिक्रिया दिनुहोस्