Logo
Logo

पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउण्टर


दृष्टि संवाददाता


काठमाडौं । झापा जिल्ला विर्तामोड नगरपालिका–६ स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंक लिमिटेडले २०७७ फागुन १८ गतेदेखि आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहका बीच प्रभु बैंकको पूर्वाञ्चल क्यान्सर अस्पताल एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका थिए ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारीरुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले विर्तामोड नगरपालिकाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीले बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

एक्स्टेन्सन काउण्टर सञ्चालनपश्चात अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्पmत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै समाजसेवी भावनाले सामाजिक क्रियाकलापलाई निरन्तरता दिएको बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीको सेवामा समेत उल्लेख्य योगदान पु¥याउने प्रण गरेको छ । प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखारहित बैंकिङ सेवामार्पmत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्