Logo
Logo

प्रचण्ड-माधव समूहको केन्द्रीय समिति बैठक सुरु


दृष्टि संवाददाता

882
Shares

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको स्थायी समिति बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको हो ।
स्थायी समिति सकिएलगत्तै पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । केन्द्रीय समिति सदस्यहरुलाई नागरिकता र पार्टीको परिचयपत्रसहित उपस्थित हुन भनिएको छ ।
प्रतिनिधिसभा पुर्नस्थापना भएसँगै २३ गते संसद बैठकसमेत आह्वान भैसकेकोले अब संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा प्रचण्ड–माधव समूहले केन्द्रीय कमिटीबाट रणनीति तय गर्ने सम्भावना रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्