Logo
Logo

६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने चीनको लक्ष्य


दृष्टि संवाददाता


एजेन्सी । चीनले सन् २०२१ मा ६ प्रतिशत बढीको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।

बेइजिङको ग्रेट हल अफ द पिपुल्समा सुरू भएको १३ औं संसदको चौंथो अधिवेशनमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले यो वर्ष थप १ करोड १० लाख सहरी रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको घोषणा गरेका हुन् ।

बैठकमा सन् २०२० मा आर्थिक वृद्धि गर्ने संसारका ठूला अर्थतन्त्रमा चीन एक्लो रहेको दाबी समेत गरे । कोरोनाका बीच पनि चीनले गत वर्ष २ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो ।

सन् २०२० को दोस्रो चौथाइमा मात्र चिनियाँ अर्थतन्त्र उकासिएको थियो भने नाफामूलक आर्थिक वृद्धि गर्नेमा चीन एकमात्र मुलुक थियो ।

प्रतिक्रिया दिनुहोस्