Logo
Logo

बुटवल, तिलोत्तमा र सिद्धार्थनगर गाभेर महानगर बनाउने तयारी


दृष्टि संवाददाता


रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको आधुनिक सुविधासम्पन्न प्रशासनिक भवनको बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका छन् ।

७ माघ २०७४ मा तत्कालीन प्रतिनिधिसभा सदस्यको रूपमा शिलन्यास भएको भवनको अर्थमन्त्रीको रूपमा उनले उद्घाटन गरेका हुन् ।

८ बिघा १४ कठ्ठा क्षेत्रफलमा फैलिएको प्रशासनिक भवन परिसरमा १ हजार ९ सय १२ दशमलव ६ वर्गमिटरको चार तले भवन निर्माण भएको हो । भवनमा करिब १ सय २० जना क्षमताको सभाहलसहित ४० कोठा छन् ।

अपांगतामैत्री, लिफ्ट सुविधासहितको भवनमा आकर्षक गार्डेनिङको काम अघि बढेको छ । ८ करोड ७९ लाख रुपैयाँ लागत अनुमानको भवन निर्माण सम्झौता ६ करोड ४२ लाख रुपैयाँको थियो ।

अर्थमन्त्री पौडेलले निकट भविष्यमा कार्यान्वयनमा आउने महानगरको आवश्यकतालाई पूरा गर्ने गरी तिलोत्तमा नगरपालिकाले ‘प्राइमलोकेसन’ मा भवन निर्माण गरेको उल्लेख गरे । तिलोत्तमा रूपन्देहीकै केन्द्र भागमा रहेकाले बुटवल, तिलोत्तमा, सिद्धार्थनगरलगायत पालिका समेटी बन्ने महानगरको कार्यालय यहीँ ठाउँमा निर्माण हुने अर्थमन्त्री पौडेलले जानकारी दिए ।

अर्को स्थानीय तहको निर्वाचनसम्म यो क्षेत्र महानगरको रूपमा विकास हुने उनको भनाइ छ । तिलोत्तमाले जनताको हित र विकासलाई ध्यान दिएर काम गरेको भन्दै नगरप्रमुख, उप–प्रमुखलगायत जनप्रतिनिधिको उनले प्रशंसा गरे ।

तिलोत्तमामा निर्माण हुने मेडिकल कलेज, अन्तर्राष्ट्रिय खेलमैदान, पार्क, सडक सञ्जाल, प्रादेशिक बसपार्कलगायत पूर्वाधारले यहाँको विकासमा महत्त्वपूर्ण टेवा पु¥याउने विश्वास उनको छ ।

 

प्रतिक्रिया दिनुहोस्