Logo
Logo

जुम्लाका अग्नि पीडित बालबालिकालाई विद्यालय पोशाक वितरण


दृष्टि संवाददाता


जुम्ला । एक्सन वक्र्स नेपाल जुम्लाले तिला गाउँपालिकाका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको छ ।

गत १३ माघमा तिला गाउँपालिकाको वडा नम्बर ७ गोठीगाउँमा आगलागी हुँदा सबै जलेर नष्ट भएपछि विद्यार्थीलाई लक्षित गर्दै नेपाल जुम्लाले अग्निपीडित विद्यालयलाई स्कुल पोसाकसहित शैक्षिक सामग्री वितरण गरेको हो ।

गोठी, पोख्री गाउँका ८१ जना बालकालिकालाई शैक्षिक सामग्री र स्कुल पोसाक वितरण गरिएको एक्सन वक्र्स नेपाल जुम्लाका संयोजक केशव धितालले बताए । उनले भने, ‘आगलागी हुँदा पोसाकसमेत जलेपछि विद्यार्थीलाई समस्या थियो । त्यसैले पोसाक वितरण गरेका हौँ ।’

त्यसैगरी गाउँपालिकाभित्रका २८ विद्यालयका ५६ जना अतिविपन्न बालकालिकालाई शैक्षिक सामग्री र पोसाक वितरण गरिएको छ । तातोपानी गाउँपालिकाको वडा नम्बर ६ हियाखोलास्थित कालिका आधारभूत विद्यालयका अतिविपन्न १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्