Logo
Logo

दृष्टिका दश हेडलाइन्स् : नेकपाबारे सर्वोच्चको फैसलादेखि सेयर बजारको गिरावटसम्म


दृष्टि संवाददाता

189
Shares

हेडलाइन्स्

१. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेल नेतृत्व रहेको पार्टीको आधिकारिक नाम रहेको सर्वोच्चको फैसला, सर्वोच्चको फैसलामा प्रचण्ड–माधव समूहको असहमति, सर्वोच्च अदालतले गरेको फैसला आफूहलाई मान्य हुने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिकृया ।

२. पार्टीको नाम आधिकारिकता सम्बन्धमा सर्वोच्चले गरेको निर्णयबारे नेकपा प्रचण्ड–माधव समूहले सोमबाट आवश्यक धारणा तय गर्ने, सर्वोच्चले राजनीतिक प्रकृतिको निर्णय गरेको नेकपा अध्यक्ष प्रचण्डको टिप्पणी, राजनीतिक संकटकै बेला सर्वोच्चले यस्तो प्रकृतिको निर्णय गर्नु संयोग मात्र नरहेको धारणा ।

३. नेपाल कम्युनिस्ट पार्टीको नाम सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला संसदमा कार्यान्वयन हुन नसक्ने वरिष्ठ अधिवक्ता शम्भु थापाको भनाई, प्रधानमन्त्रीमात्र नभई सभामुखको निर्वाचन र राष्ट्रिय सभाको गठनसम्म एकीकृत पार्टीका रुपमा भएको भन्दै यो फैसलाबाट त्यसलाई छुट्याउन नमिल्ने तर्क, सर्वोच्चको फैसला प्रतिनिधिसभा पुनःस्थापना गर्ने संवैधानिक इजलासको फैसलासँग विपरित रहेको धारणा ।

४. नेकपा नामबारे सर्वोच्च अदातलको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित राष्ट्रियसभा सदस्य निर्वाचिनको अवस्था के हुन्छ भन्ने अन्यौल, २०७६ माघ ९ गते राष्ट्रियसभाको निर्वाचनबाट निर्वाचित राष्ट्रिय सभाका १६ सांसदको बैधानिकताबारे प्रश्न, पार्टी नै आधिकारिक नभएपछि निर्वाचित सांसदकौ के हुने भन्ने बारे थप व्याख्या आवश्यक ।

५. पुनःस्थापनापछि पहिलो पटक प्रतिनिधिसभाको बैठक बस्यो, कार्यसूचीमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश समावेश गरिएपछि नेकपा प्रचण्ड–माधव समूहद्धारा बहिस्कार, अध्यादेशको विरोधमा नेपाली कांग्रेस र जनता समाजवादीबाट अवरोध, बुधबार १ बजे सम्मका लागि संसद बैठक स्थागित ।

६. नेपाल कम्युनिष्ट पार्टीको नाम ऋषि कट्टेललाई दिने सर्वोच्च अदालतको निर्णय निर्वाचन आयोग पुग्यो, नेकपा नाम विवादबारे अनिर्णित आयोगलाई राहत, नेकपा आधिकारिकता टुङ्गो लगाउन आलटाल गरेको आयोगको कार्यक्षमतामाथि प्रश्न ।

७. कोभ्याक्सले नेपाललाई उपलब्ध गराउने १ करोड ३० लाख मध्ये ३ लाख ४८ हजार डोज खोप ल्याइयो, आगामाी जेठ महिनामा अर्को चरणमा १९ लाख मात्रा खोप नेपालले प्राप्त गर्ने अपेक्षा, खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखियो ।

८. साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से २१ दशमलव ५,८ अंकले घट्यो, स्टक एक्सचेन्जमा कारोबार हुने होटेल र टुरिजम तथा जलविद्युत समूहबाट अरु सबै सवइन्डेक्स ओरालो लागेपछि अन्ततः बजार घट्यो, चन्द्रागिरी हिल्सको योगदान सेयर मूल्यमा भने ९ दशमलव ९२ प्रतिशतको वृद्धि ।

९, साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण, गठबन्धन सेनाले सानास्थित विद्रोहीको पहिलो डिभिजन क्याम्प, मेन्टेनेन्स क्याम्प र चौंथो ब्रिगेड र राजधानीको दक्षिणी क्षेत्र अट्टानमा व्यापक हवाई आक्रमण गरेको स्थानीयहरूको भनाइ, उत्तरी अफगानिस्तानको बाख्ख प्रान्तमा शनिबार राति भएको भिडन्तमा आठ प्रहरी र पाँच तालिबान लडाकूको मृत्यु ।

१०, काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा नेपाल एपिएफ क्लबको नेपाल पुलिस क्लबमाथि १ विकेटको रोमान्चक जित निकाल्यो, जितको लागि २ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले ४९.५ ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट अलराउन्ड प्रर्दशनमा काठमाडौं मेयर–११ सानदार विजयी सुरुवात, बागमती प्रदेशलाई ९४ रनले हरायो ।

 

प्रतिक्रिया दिनुहोस्