Logo
Logo

‘बीबीसी मास्टर सेफ’का उपविजेता सन्तोष साहलाई जनकपुरमा स्वागत


दृष्टि संवाददाता


धनुषा । मास्टर सेफ ‘युके’ का उपविजेता सन्ताेष साहलाई विमानस्थलमा जनकपुरधामका युवाहरुले भव्य स्वागत गरेका छन् ।

प्रतियोगिताभर नेपाली खाना प्रस्तुत गरेका उनले बनाएको कोदोको खीर, नेपाली गुन्द्रुक, भटमासलगायतका खानेकुरा आकर्षण बनेका थिए।

बेलायतमै बस्दै आएका सन्तोष नेपालको सिरहाको कारजन्हामा जन्मिएका हुन्।

३५ वर्षीय सन्तोषले मास्टरसेफमार्फत् धेरैको मन जितेका छन्। सुरुवातदेखि नेपाली खानाका परिकारहरू बनाएका उनले यस कार्यक्रमले आफ्नो जिन्दगी बदल्दिएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्