Logo
Logo

जग्गा हडप्दै बतास समूह


दृष्टि संवाददाता


काठमाडौं । पशुपतिदेखिको धर्मशालादेखि नारायणहिटी संग्रालयसम्म व्यापार थालेको आनन्द बतास समूहले मन्दिरको जग्गा हात पार्ने चलखेल सुरु गरेको छ । गहनापोखरी छेउको बहुमुल्य जग्गा सो समूहले कब्जा गर्ने तयारी गरेको छ ।

टंगालमा रहेको लक्ष्मी नारायण मन्दिरको जग्गा लिजमा लिएर बतास समूहले आफ्नो केन्द्रीय कार्यालय बनाउन लागेको छ । करिब आठ रोपनी जग्गा नियमविपरीत लिजमा दिने प्रक्रिया अघि बढाइएको छ । यसमा पाँच नम्बर वडा कार्यालयको समेत मिलेमतो रहेको स्रोत बताउँछ । वडा कार्यालयले लेनदेन नमिलेकाले नक्सा पास भने गरिसकेको छैन ।

बतासले उच्च तहमा सेटिङ मिलाएर भारतले पशुपति क्षेत्रमा बनाइदिएको धर्मशाला सस्तोमा लिजमा लिई होटल चलाउने मात्र होइन, त्यहाँ आफ्नो कार्यालय समेत राखेका छन् । बाँकी ठाउँ भाडामा लगाउने तयारी गरेका छन् । पाटन दरबार स्क्वायरमा पनि लिजमा लिएर अरुलाई भाडामा लिएका छन् । त्यस्तै नारायणहिटी संग्रालयमा आफ्नै तीन वटा कम्पनीबाट टेण्डर हाली सेटिङका आधारमा क्याफे चलाउने तयारी गरेका छन् ।

विगतमा सो जग्गा गुठी अन्र्तगत रहेकोमा हाल एनजिओका रुपमा दर्ता गरिएको छ । एनजिओले आफ्नो दर्ता व्यापारिक समूहलाई लिजमा दिन पाउँदैन् । तर चलखेलका आधारमा लिजमा दिइएको छ । यसमा पूर्व सचिव भगवति काफ्ले लगायतका केही व्यक्तिहरु समेत मिलेका छन् ।

सो जग्गा राणाहरुले मन्दिरलाई दिएका हुन् । जहाँ धर्मशाला समेत बनाइएको थियो । अहिले मन्दिर नै बिनास गर्ने गरी व्यापारिक भवन बनाउन लागिएको छ ।

त्यस्तै राधाकृष्ण मन्दिरको जग्गा पनि लिजमा लिन बतास समूहले चलखेल गरिरहेको छ । क्यापियन कलेजसँगैको सो जग्गा पनि राणा परिवारले मन्दिरकै लागि दिएको हो । त्यसलाई पनि मासेर व्यापारीलाई दिन लागिएको छ । लक्ष्मी नारायण गुठीलाई लक्ष्मी नारायण देवस्थान नामक एनजिओ बनाएर जग्गामा चलखेल भइरहेको छ । यस विषयमा भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले समेत छानबिन गरिरहेको छ । धार्मिक संस्थालाई तहसनहस बनाउन व्यापारी आनन्द बतास सक्रिय भएपछि स्थानीयहरू उनीसँग आक्रोशित बनेका छन् ।

बतासले उच्च तहमा सेटिङ मिलाएर भारतले पशुपति क्षेत्रमा बनाइदिएको धर्मशाला सस्तोमा लिजमा लिई होटल चलाउने मात्र होइन, त्यहाँ आफ्नो कार्यालय समेत राखेका छन् । बाँकी ठाउँ भाडामा लगाउने तयारी गरेका छन् । पाटन दरबार स्क्वायरमा पनि लिजमा लिएर अरुलाई भाडामा लिएका छन् । त्यस्तै नारायणहिटी संग्रालयमा आफ्नै तीन वटा कम्पनीबाट टेण्डर हाली सेटिङका आधारमा क्याफे चलाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्