Logo
Logo

विश्वासकाे मत लिएर देखाउँछु : मुख्यमन्त्री शाही


दृष्टि संवाददाता


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् ।
बुधबार प्रमुख सत्तारुढ दल नेकपा एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहीले सदनबाटै विश्वासको मत लिएर देखाउने चुनौती दिएका हुन् ।

दृष्टि न्यूजसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले भने ,‘उहाँहरूले समर्थन फिर्ता लिएको खण्डमा म सदनबाट विश्वासको मत लिन्छु,’ । एमालेले चैत ५ गतेबाट लागू हुने गरी सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

एमालेको संसदीय दलका नेता यामलाल कँडेलले आफ्नो पार्टीले समर्थन झिकेसँगै सरकार कामचलाउमा परिणत भएको छ ।

प्रतिक्रिया दिनुहोस्