Logo
Logo

बाँकेलाई स्मार्ट बनाउँदै माछापुच्छ्रे बैंक


दृष्टि संवाददाता


काठमाडौं । माछापुच्छ्रे बैंकले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्युआर कोड सेवा सुरुवात गरेको छ । बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकैदिन नेपालगञ्जमा रहेको सनराइज यातायात, नेपालगञ्जकै न्यूरोडमा रहेको हङकङ बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समितिअन्र्तगत संचालनमा रहेका तरकारी तथा फलफूल पसलहरुमा क्युआरकोड हस्तान्तरण गरेको छ । बुधबार आयोजित छुट्टाछुट्टै अपौचारिक कार्यक्रममार्फत नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक गोविन्दप्रसाद नागिलाले ती स्थानमा क्युआरकोड सेवाको सुरुवात गरेका हुन् ।

उक्त क्युआरकोड सेवा सुरु भएसँगै नेपालगञ्जबाट दाङ, धनगढि, बर्दिया रुटमा चल्ने सनराईज यातायातमा यात्रा गर्ने यात्रुले आफुले तिर्नुपर्ने गाडी भाडा क्युआरकोड प्रयोग गरी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् भने नेपालगञ्जकै न्यूरोडमा रहेको हङकङ बजार, रानी तलाउमा रहेको कृषि उपज बजार तथा कोहलपुरमा रहेको कृषि बजारमा आफूले खरिद गरेका दैनिक उपभोग्य बस्तुजस्तै तरकारी, फलफूल तथा लत्ताकपडाहरुको रकमसमेत क्युआरकोडबाट भुक्तानी गर्न सक्नेछन् ।

आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाका कारणले गर्दा क्युआरकोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ । यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कमर्सियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरुजस्तै मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एंव मुद्धति खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्