Logo
Logo

नेकपाबाट निर्वाचित जनप्रतिनिधिलाई बिदाइ गराैं : गगन थापा


दृष्टि संवाददाता


कास्की। नेपाली कांग्रेस नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामबाट निर्वाचित जनप्रतिनिधिलाई बिदाइ गर्नुपर्ने बताएका छन् । अदालतको निर्णयपछि नेकपा नामको पार्टी नरहेकोले जनप्रतिनिधि पनि नरहेको तर्क दिँदै नेता थापाले निर्वाचित जनप्रतिनिधिलाई बिदाई गर्नुपर्ने बताएका हुन् ।

पोखरामा शुक्रबार कांग्रेस निकट नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको गण्डकी प्रदेश भेला एवं अधिवेशनको उद्घाटन गर्दै उनले नेकपाबाट निर्वचित सांसद, वडाध्यक्ष, वडासदस्य लगायत जनप्रतिनिधिको पद मरिसकेको बताए ।

‘कास्की क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद (विद्या भट्टराई) कुन पार्टीको ? एमाले कि माओवादीको ?,’ उनले प्रश्न गरे, ‘उहाँहरु छान्न पाउने भन्नुहुन्छ । त्यो मत नेकपाले पाएको हो । त्यो मत निर्वाचित भएको जनप्रतिनिधिले छान्न पाउनुहुन्न । यहाँको जनताले छान्न पाउनुपर्छ । नेकपाको नामबाट निर्वाचित भएर आएको जनप्रतिनिधिलाई जनप्रतिनिधि मान्न सकिन्न । किनकी त्यो पार्टी नै छैन । पार्टी नै नरकिसकेपछि एमाले र माओवादी फरक हुन् । जनप्रतिनिधिलाई बिदाइ गर्नुपर्छ र यो ठाउँको निर्वाचनको परिणामलाई मान्दैनौं भनेर हामीले भन्नुपर्छ ।’ थापाले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्