Logo
Logo

एनएलजीका ग्राहकलाई क्यूआरबाट भुक्तानी सेवा सुरु


दृष्टि संवाददाता


काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै हालै कम्पनीका सम्पूर्ण कार्यालयमा क्यूआर स्क्यान गरी इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ ।

क्यूआर स्क्यान गरी गरिने भुक्तानी क्यासलेस हुने हुँदा यसको प्रयोगले ग्राहकलाई नगदको प्रयोगमा हुने जोखिम र झन्झटबाट छुटकारा मिल्नुका साथै छिटो, छरितो र विश्वसनीय सेवा प्राप्त हुनेछ ।

कम्पनीले यसअघि नै कनेक्ट आइपिएस, इ–सेवा, खल्ती, फोनपे, आईएमइ पे, सेल पे, प्रभु पेबाट अनलाइन प्रिमियम भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्