Logo
Logo

दोहरो नागरिकता लिने पक्राउ


दृष्टि संवाददाता


सप्तरी । दोहोरो नागरिकता लिने कसूर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ ।

सप्तरीको बोदेबर्साइन नगरपालिका–८ बैरियाही बस्ने बैकु ठाकुरको छोरा ३२ वर्षीय जिबछ ठाकुरलाई इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनअन्तर्गत खोजतलास गर्ने क्रममा ठाकुरलाई उनकै घरबाट फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

जिल्ला अदालतमा उपस्थित गराइएका ठाकुरलाई अदालतले कैद भुक्तानका लागि राजविराज कारागारका थुनामा पठाएको छ । जिल्ला अदालतले २०७२ वैशाख १४ गते एक वर्ष कैद र रु २० हजार जरिवाना गर्ने सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्