अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त बादाख्शानको शाकाई जिल्लामा मंगलबार गएको हिमपहिरोमा परी एउटै घरका दुईकाे मृत्यु भएकाे छ भने अन्य दुईजना घाइते भएका छन् ।
प्रान्तीय परिषदका सदस्य मेहबुब रहमानलेका अनुसार हिमाली जिल्लाको पहाडी सांगिच गाउँमा मंगलबार बिहानको यस प्राकृतिक प्रकोपमा परी एक पिता र उनकै छोराको मृत्यु भएको हाे । त्यसैगरी एकै परिवारका दुईजना घाइते भएका अधिकारीहरु जनाएका छन् ।
अफगानिस्तानको बादाख्शान र छिमेकमा पर्ने तखार, कुन्दुज र बाघलान प्रान्तमा विगत दुई दिनदेखि वर्षा र हिउँ परेको दृश्य देखिएको समाचारमा जनाइएको छ ।