Logo
Logo

‘पठाओ’को सेवा अवरूद्ध


दृष्टि संवाददाता


काठमाडाैं । राइड सेयरिङ प्लाटफर्म ‘पठाओ’को सेवा अवरूद्ध भएको छ । प्राविधिक समस्याका कारण सेवा अवरूद्ध भएको कम्पनीले बताएको छ।

‘ट्याक्सी चालक र हाम्रो राइडरबीच भएको झगडाले सेवा बन्द भएको होइन,’ कम्पनीकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले भनिन्, ‘प्राविधिक समस्याले भएको हो। प्राविधिकले बनाउँदै छन्।’

सोमबार ट्याक्सी चालकले पठाओका राइडरलाई कुटपिट गरेका थिए । आफ्नो ग्राहक खोसेको भन्दै गोंगबुमा पठाओका राइडरलाई कुटपिट गरेका हुन्।

सोमबार बिहानतिर एक जना ग्राहक ट्याक्सी चालकसँग पैसाको कुरा गरिरहेका थिए । पछि पैसाको कुरा नमिलेर पठाओमा जान लाग्दा ट्याक्सी चालकले ग्राहक खोसेको भन्दै कुटपिट गरेको भन्ने जानकारी आएको उनले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्