Logo
Logo

काठमाडौं-तराई द्रुतमार्गः १८ अर्ब ३६ करोड रूपैयाँ खर्च, प्रगति १२ प्रतिशतमात्र


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई–मधेस द्रुतमार्ग आव २०८०/८१ सम्म सक्नुपर्ने छ । तर काम अपेक्षित गतिमा भने अघि बढ्न सकेको छैन । आयोजनाको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) २०७६ भदौ १ गते मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो ।

डीपीआरमै ढिलाइले काम थाल्न केही ढिला भएको सेनाको दाबी छ । सेनाले द्रुतमार्गको २०७४ जेठबाट निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको हो।द्रुतमार्गको महादेवटार ३.३५५ किमि, धेद्रे १.६३० र लेनडाँडामा १।४३० किमि सुरुङ निर्माण गर्नुपर्नेछ । भित्रिने र बाहिरिने गररे साढे १२ किमि सुरुङ निर्माण हुनेछ । आयोजनाको अनुमानित लागत १ खर्ब ७५ अर्ब छ ।

१०.५९ किमिका ८७ वटा पुल निर्माण हुनेछन् । यी दुवै काम अहिलेसम्म सुरु हुन सकेको छैन । गौरवको आयोजना भए पनि काम नभएको भन्दै द्रुतमार्गबारे सांसदहरूले प्रश्न उठाउने गरेका छन्। हालै संसदीय समितिले आयोजनाबारे प्रश्न उठाउँदै हालसम्म भएका काम र सेनाले ठेक्का लगाएका प्रक्रियाको कागजात मागेको छ । यो मार्गको २०६७ मा सेनाले नै ट्रयाक खोल्ने काम गरको थियो ।

पछि निर्माण व्यवस्थापनको जिम्मा सरकारले सेनालाई नै दिएको हो। चार लेन सडकको ५३ किमि क्षेत्र मकवानपुर, काठमाडौं ४ किमि, ललितपुर ७।९ र बारामा ७।६ किमि पर्छ । निर्माणको काममा सेनाले पुल र सुरुङमार्गको ठेक्काको लागि भने अन्य कम्पनीलाई छनोट गरको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्