Logo
Logo

आईलिगको बेस्ट गोलकिपरमा कप्तान चेम्जोङ घोषित


दृष्टि संवाददाता


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतको फुटबल लिग ‘आईलिग’को उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।

किरणले सिजन राउण्ड ग्लास पञ्जावबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । शनिवार सकिएको लिगमा गोकुलम केरला च्याम्पियन बन्यो ।

उत्कृष्ट गोलकिपर बनेसँगै उनले २ लाख ५० हजार प्राप्त गरेका थिए । राष्ट्रिय टिमको लागि खेल्न नेपाल फर्केका किरणले पञ्जावको अन्तिम लिग खेल भने गुमाउन पुगे ।

नेपाल, बंगलादेश र किर्गिस्तानबीचको थ्री नेसन्स कप फुटबलका लागि नेपाल आएका छन् ।

प्रतिक्रिया दिनुहोस्