Logo
Logo

मधेसी नेतालाई प्रचण्डको फोनः ‘ह्याप्पी होली’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहानै मधेसी नेताहरुलाई फोन गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) का नेताहरुलाई प्रचण्डले टेलिफोन गरे ।

प्रचण्डको फोन आउँदा मधेसी नेताहरु फोन गरेर होलीको सुभकामना दिएका छन् । प्रचण्डले होलीको शुभकामना दिनका लागि मधेसी नेताहरुलाई बिहानै टेलिफोन गरेको जसपाका एक नेताले बताए । प्रचण्डले उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव लगायतका नेताहरुलाई फोन गरेर होलीको शुभकामना दिएका हुन् ।

पहाड र तराईमा दुई दिन मनाइने होली पर्व आइतबार उपत्यका र पहाडमा मनाइयो भने सोमबार तराई–मधेसमा मनाउने प्रचलन छ ।

जसपाका शीर्ष नेतामध्ये उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओलीविरोधी मोर्चा बनाउने लाइनमा छन् । भने महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुलाई चाहिँ केपी ओलीले सकेसम्म आफ्नो कित्तामा ल्याउने, नसके पनि तटस्थ राख्ने प्रयास गरिरहेका बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्