Logo
Logo

मेलम्चीको पानीको हिस्सा उपत्यकामा ९० प्रतिशतसम्म पुग्ने


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकावासीले उपभोग गर्दै आएको पानीमध्ये मेलम्चीको पानीको हिस्सा ९० प्रतिशतसम्म पुग्ने भएको छ । शहरी जनसंख्या बढेसँगै उपत्यकामा खानेपानीको माग पनि चुलिएकोमा मेलम्चीको पानी आएपछि आपूर्ति सहज हुने देखिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले हाल सुन्दरीजल, डीप ट्युबवेल, विष्णुमती, शिवपुरी जस्ता आन्तरिक स्रोतबाट उपत्यकामा पानी आपूर्ति गर्दै आएको छ । कम्पनीको वितरण लाइनमा केही समयपछि नै मेलम्चीको पानी पूर्ण क्षमतामा अर्थात् दैनिक १७ करोड लिटर आपूर्ति हुनेछ । आइतवार काठमाडौंको महाँकालचौरबाट दैनिक ४ करोड लिटर पानी वितरण शुरू गरिएको र केही समयमै पूर्ण क्षमतामा पानी आउन थालेपछि पानीको अर्को स्रोत डीप ट्युबवेल बन्द गरिने बताइएको छ ।

केयूकेएलले अहिले पनि डीप ट्युबवेलबाट पानीको आपूर्ति गरिरहेको छ । कम्पनीले मेलम्चीको पानी आइसकेपछि डिप ट्युबवेल विस्तारै बन्द गर्ने तयारी गरेको एक अधिकारीले जानकारी दिए । हाल उपत्यकाका विभिन्न स्थानमा गरी करीब ५० डीप ट्युबवेल सञ्चालनमा छन् । यी ट्युबवेलमा काम गर्ने कर्मचारीलाई अबको वितरण संरचना तथा अन्यत्र पनि खटाउने तयारी भएको ती अधिकारीले बताए । अहिले नै डीप ट्युबवेलहरू बन्द भइनसकेकाले त्यसको पानी पनि आइरहेको छ ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि।कले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्