Logo
Logo

ठमेलका व्यापारी सिआइबीको हिरासतमा


दृष्टि संवाददाता


काठमाडौं, १९ चैत ।
अपराधिक गिरोहसँग मिलेर हुन्डीको कारोबार गरेको आरोपमा ठमेलका व्यापारी मधु पाण्डे पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले उनलाई पक्राउ गरेको हो ।


ठगी र बिटक्वाइनको धन्दामा संलग्न गिरोहसँग मिलेको आरोप उनीमाथि छ । सिआइबीले यस्तो धन्दामा संलग्न आशिष महर्जन र रसियन नागरिकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अवैध रकम पाण्डेले हुन्डीमार्फत भारत पठाएको खुलेको छ । उनीमाथि पनि ठगी मुद्दामा कारबाही अघि बढाइएको सिआइबीले जनाएको छ ।

उनीसँग करिब नौ हजार अवैध डलर समेत बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्