Logo
Logo

राष्ट्रिय परिषद् बैठक बोलाउने एमाले पुनर्गठन कार्यदलको निर्णय


882
Shares

काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउन पार्टीलाई सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको १५ सदस्यीय कार्यदल बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक डाक्ने विषयमा पार्टीलाई सुझाव दिने सर्वसम्मत निर्णय गरेको हो ।

बैठकपछि सचिव महेश बस्नेतले महासचिव शङ्कर पोखरेल र उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ले तयार गरेको प्रतिवेदनलाई मिलाएर एकीकृत मस्यौदा बनाएर सचिवालयमा पेस गर्ने सहमति भएको जानकारी दिए ।

उनले पार्टीको विशेष महाधिवेशन नगर्ने तर विधान महाधिवेशनका बारेमा छलफल गरेर नियमित विधान अधिवेशनको विषयमा जान सकिने विषय एकीकृत प्रतिवेदनमा उल्लेख गर्ने सहमति बनेको बताए ।

उनका अनुसार नेता प्रदीप ज्ञवालीले बनाएको प्रतिवेदनलाई महासचिव शङ्कर पोखरेलले तयार गरेको प्रतिवेदनमा समूहबाट आएका सुझाव समेट्ने सहमति कार्यदलमा भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्