Logo
Logo

सुदूरपश्चिम प्रदेशमा झलनाथ-माधव समूहको समानान्तर कमिटी


दृष्टि संवाददाता


कैलाली । नेकपा एमाले (झलनाथ–माधव) समूहका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी बनाउने भएका छन् । धनगढीमा जारी सो समूहको प्रदेशस्तरीय बैठकले समानान्तर कमिटी बनाउँने निष्कर्ष निकालेको हो ।

वरिष्ठ नेता माधव नेपाल सहित भीम रावल लगायतका चार नेतालाई अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेपछि यो समूहले समानान्तर कमिटी बनाउँने घोषणा गरेको थियो । रावलको निलम्बनपछि पहिलो पटक धनगढीमा बसेको प्रदेश कमिटीको बैठक जारी छ ।

जेठ २ अघिका कमिटीहरूलाई सक्रिय बनाउँदै लैजाने तयारी भएको बैठकमा सहभागी एक नेताले बताए । आजको बैठकले ९ वटै जिल्लामा जिल्ला कमिटी बैठकहरु राखेर समानान्तर बनाउँने निर्देशन दिने भएको छ ।

बैठकमा नेपाल समूहका नेता रावलसहित, नेपाल समूहका प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावल, केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू उपस्थित छन् ।

 

प्रतिक्रिया दिनुहोस्